सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष बर्माको निधन


जनकपुरधाम : सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ । शनिबार राति काठमाडौंमा उपचारका क्रममा ७० वर्षिय बर्माको निधन भएको हो ।

अध्यक्ष बर्मा विगत लामो समयदेखि क्षयरोगबाट पीडित थिए । असार १४ मा मेडिसिटी हस्पितालमा भर्ना भएका उनको उपचारकै क्रममा शनिबार राति १२ बजे उनको निधन भएको गाउँपालिकाकी उपाध्यक्ष नितुदेवी यादवले जानकारी दिइन् ।

बर्मा नेपाली काँग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए । उनको शव काठमाडौंबाट आजै ल्याएर हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिने बताइएको छ ।

प्रकाशित : २०७८ असार २०, आईतवार ०८:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ