अनुसन्धानका ११ एसपीको सरुवा, हेर्नुस् सूची


काठमाडौं : राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत ११ जना एसपीको सरुवा भएको छ । गुप्तचरमा केही समयअघि डीएसपीबाट एसपीमा बढुवा भएकाको पदस्थापन र केही नयाँ एसपीहरुको सरुवा भएको हो ।

भक्तपुरमा टेकराज तिमिल्सेना, तनहुँमा उत्तम खनाल, चितवनमा शेरबहादुर चन्द, गोरखामा सुदिप अधिकारी, सुर्खेतमा जयन्द्र उपाध्याय र हेटौंडा तालिम केन्द्रमा विकास पाण्डेलाई सरुवा गरिएको हो ।

त्यस्तै मकवानपुरमा पप्पु शर्मा, कास्कीमा मनोज ढकाल, सर्लाहीमा चन्दन झा, बर्दियामा प्रज्वल खड्का र सुरक्षा परिषद्मा लक्ष्मी पौडेलको सरुवा भएको छ ।

प्रकाशित : २०७८ असार २०, आईतवार १३:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ