भासिएको कमला पुलको पुनःनिर्माण कार्य प्रारम्भ गर्न प्रधानमन्त्रीलाई ज्ञापन


टुडेखोज, जनकपुरधाम : भासिएको कमला पुलको पुनःनिर्माण कार्य प्रारम्भ गर्न कमला जलाधार संरक्षण अभियानले धनुषाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

अभियानका अध्यक्ष विक्रम यादव र सचिव विनोद महराको नेतृत्वमा पुगेका टोलीले आईतवार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाएका हुन् । पुल निर्माणको ठेक्का पाएका ठेकेदार कम्पनीहरु पप्पु–लुम्बिनी जेभीलाई कानूनी दायरामा ल्याउन पनि ज्ञापनपत्र मार्फत माग गरिएको छ ।

नदी कम फराकिलो रहेको ठाउँ पूर्वपश्चिम राजमार्गमा ठूलो पुल (६४० मिटर) रहेको छ । तर नदी बढी फराकिलो भएको ठाउँ हुलाकी सडकमा सानो (४७० मिटर)को पुल मात्र बनाउदा भासिएको ज्ञापनपत्रमा उल्लेख छ ।

प्रकाशित : २०७८ असार २०, आईतवार १५:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ