गणेशमान चारनाथ : नगरसभा बन्द कोठामा गर्न पाइदैन भन्दै जनमत पार्टीद्वारा प्रदर्शन


टुडेखोज, जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिकाले बन्द कोठामा नगरसभा गर्न लागेको भन्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरु विरोध प्रदर्शन गरेका छन् ।

नगरसभा भइरहेको स्थानमा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा पार्टीका स्थानीय नेता तथा सयौं कार्यकर्ता सहभागी छन् । उनीहरुले जनतालाई समेत सहभागी गराएर नगरसभा गर्न माग गरेका छन् ।

जनमत पार्टीका नेता कार्यकर्ताहरुले भ्रष्टाचार अन्त्य गर, मेयर रामबाबु यादव र उपमेयर मिनाकुमारी यादव मुर्दावाद, जनता राज्य कायम गर नारा समेत लगाएका छन् । सार्वजनिक सूचना समेत जारी नगरी गुपचुप रुपमा नगरसभा गर्न लागेकाले विरोध गर्नुपरेको उनीहरुको भनाई छ ।

धनुषाका अधिकांश स्थानीय तहले नगरसभा गरिसकेको छ । गणेशमान चारनाथ नगरपालिकाले आज नगरसभा सम्पन्न गर्न लागेको बुझिएको छ ।

प्रकाशित : २०७८ असार २०, आईतवार १७:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ