शिक्षामन्त्री श्रेष्ठलाई हटाउन रुपाले हालिन् सर्वोच्चमा रिट


काठमाडौं : शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् ।

दलीतलाई कोठा भाँडामा नदिइ जातीय विभेद गरेको भन्दै जेल परेकी सरस्वती प्रधानलाई छुटाएको आरोप लगाउँदै मन्त्री श्रेष्ठलाई पदबाट हटाउन र कारबाही गर्न रुपाले माग गरेकी हुन् । मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरेको रुपाको आरोप छ ।

संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई मन्त्री श्रेष्ठले प्रभावित गरेको भन्दै रिटमा उनलाई पदबाट हटाउन माग गरिएको छ ।

प्रकाशित : २०७८ असार २०, आईतवार १७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ