प्रधानमन्त्री ओलीको विरोध गर्नेलाई फेरी लखेट्छौं : राउत


जनकपुरधाम : राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय सदस्य मुन्जय राउतले प्रधानमन्त्री केपी ओलीको विरोध गर्नेलाई फेरी लखेट्ने चेतावनी दिएका छन् ।

जनकपुरमा यूवा संघले गरेको शक्ति प्रदर्शनपछि कोणसभामा बैल्दै उनले यस्तो चेतावनी दिएका हुन् । देश विकासमा अबरोध पुर्याउने विपक्षी गठबन्धनको कार्यक्रम गर्न नदिने उनको भनाई थियो ।

प्रदर्शनमा सहभागी संघका अन्य नेता तथा कार्यकर्ताले पनि विपक्षी गठबन्धनका कार्यक्रम बिथोल्ने चेतावनी दिए । उनीहरुले विपक्षी गठबन्धनका नेताहरुको पुत्ला समेत जलाएका छन् ।

प्रकाशित : २०७८ असार २०, आईतवार २०:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ