धनुषा : मोटरसाइकल दुर्घटनामा २२ वर्षीय युवकको मृत्यु


जनकपुरधाम : धनुषाको बटेश्वर बजारबाट घर फर्किने क्रममा एक युवकको मृत्यू भएको छ । मृत्यू हुनेमा बटेश्वर गाउँपालिका २ का २२ वर्षीय दलबहादुर आले रहेका छन् ।

आईतवार राति बा ५२ प ४२८३ नम्बरको मोटरसाइकल दुर्घटना चढेर आले घर जाँदै थिए । आफैं अनियन्त्रित भएर रमौली टोल नजिकै दुर्घटना हुँदा घाईते भएका उनको उपचारका लागि जनकपुर ल्याउने क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

मृतक आले मदिरा सेवन गरी मोटरसाइकल चलाएको कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

प्रकाशित : २०७८ असार २१, सोमबार ११:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ