राष्ट्रियसभा बैठकमै यि साँसदले कालो टोपी देखाएर गरे सरकारको विरोध


काठमाडौं : राष्ट्रिय सभा बैठकमा नेपाली काँग्रेसका साँसद रमेशजंग रायमाझीले कालो टोपी देखाएर सरकारको विरोध गरेका छन् ।

सरकार र प्रतिनिधि सभा विघटनविरूद्ध सांकेतिक रूपमा उनले बैठकमा बोल्दै गर्दा कालो टोली देखाएका हुन् । उनले भने, ‘सदनमा कालो झण्डा देखाउने अवस्था छैन, त्यसैले प्रधानमन्त्रीको कदमविरूद्ध सदनले थाहा पाओस् कालो झण्डाका रूपमा प्रस्तुत टोपी देखाएको छु ।’

आफू नगरपालिकामा बस्दा समेत कहिल्यै क्याप नलगाएको उल्लेख गर्दै उनले थपे, ‘मैले मोरङको सुदरहरैंचा नगरपालिकामा बस्दा पनि क्याप लगाएको थिइनँ । आज झन्डाको रूपमा सांकेतिक रूपमा सरकार र प्रतिनिध सभा विघटनविरूद्ध आवाज उठाएको छु ।’

प्रकाशित : २०७८ असार २१, सोमबार १५:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ