रौतहटमा भारतीय एसएसबीले नेपाली युवकलाई पिटेपछि…


रौतहट : जिल्लाको मुख्य नाका गौर बैरगनिया मितेरी पुलमा भारतीय एसएसबीले एक नेपाली युवकलाई पिटपाट गरेपछि आज सोमवार दिनभर अवस्था तनावग्रस्त बन्यो । गौरबाट सीमापारी बैरगनिया जान लागेका गौर नगरपालिका ५ का गौतम दुलाललाई भारतीय एसएसबीले कुटपिट गरेको हो ।

कोरोना महामारीका कारण विगत डेढ वर्षदेखी बन्द रहेको गौर बैरगनिया मुख्य सडक बाढीका कारण विगत तीन दिनदेखी पैदल आवतजावत गर्न सूचारु गरियो । तर सोमबार बिहानैदेखी भारतीय एसएसबीले बाटो बन्द गरेको स्थानीयको आरोप छ ।

कोरोनाकाल देखी नै गौर बैरगनिया नाका ठप्प रहेपनि सर्वसाधारणहरु चोर बाटो भएर आवतजावत गर्ने गरेका थिए । तर वर्षा र बाढीका कारण छेउछाउमा पानी जमेपछी बाध्यताले मुख्य बाटो रोज्न भारतीय एसएसबीलाई दबाब दिएपछि तीन दिन अघि पैदल आवतजावत गर्न खुल्ला गरिएको थियो ।

भारतीय क्षेत्रमा समेत एसएसबीले सोझै बाटो प्रयोग नगरी सर्वसाधारणहरुलाई तल्लो भागबाट आवतजावत गर्न लगाएका थिए । तर सोही क्रममा किनमेलका लागि भारत जान लागेका नेपाली युवकलाई भारतीय एसएसबीले पिटपाट गरेको आरोप स्थानीयहरुको रहेको छ ।

एसएसबीको कुटाईबाट घाईते भएका नेपाली युवकको गौर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पिटपाट घटनापछि स्थानीय आक्रोशित बनेका छन् ।

प्रकाशित : २०७८ असार २१, सोमबार २०:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ