प्रहरी सहायक निरीक्षक साह उत्कृष्ट घोषित, नगद र प्रमाणपत्रले पुरस्कृत


धर्मेन्द्र पासवान, लहान : प्रदेश २ स्थित सिरहाको अस्थायी प्रहरी पोस्ट पक्किटोल, लहानका इन्चार्ज प्रहरी सहायक निरीक्षक मनोज साह सोनार पुरस्कृत भएका छन् ।

शान्ति सुरक्षाको मुख्य जिम्मेवारी सम्हाल्दै आइरहेको नेपाल प्रहरीले उत्कृष्ट काम गरेर प्रहरी संगठनको शिर उच्च पारेकोहरुलाई पुरस्कृत गर्छ । जसअन्तर्गत प्रहरी सहायक निरीक्षक सोनारलाई नेपाल प्रहरीको केन्द्रिय कार्यालयले ८ सय नगद र प्रमाण-पत्रसहित पुरस्कृत गरेको हो ।

प्रहरी संगठनप्रति इमानदारिता, वफादारी र निष्ठाका साथ विवेकपुर्ण ढंगले शान्ति सुरक्षा तथा अमन चयन कायम गराउन महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी सहायक निरीक्षक साहलाई पुरस्कृत गरिएको छ । कार्यालयको विभिन्न शाखामा प्रशासनिक काम कार्वाही तथा अपराध अनुसन्धान गर्ने कार्यमा विशेष भूमिका राखी कार्य गर्नुको साथै विभिन्न मितिमा अवैध चोरी निकासी पैठारीलाई नियन्त्रण गर्ने कार्यमा अव्वल ठहरिएकाले उनलाई पुरस्कृत गरिएको छ ।

प्रहरी सहायक निरीक्षक साहले प्रहरी संगठनमा गरेको कार्यको कदर स्वरुप प्रहरी नियमावली २०७१ (संशोधन सहित)को परिच्छेद १५ को नियम १९७ उपनियम (ग) बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय किताबखाना (प्रहरी) लैनचौरमा अभिलेख किताबमा समेत जानकारी गराइएको छ । प्रहरीप्रति दत्तचित्त भइ निष्पक्ष ढंगले अहम भुमिका निर्वाह गरि आफुलाई पदिय दायित्व एवं जिम्मेवारीलाई उत्कृष्ट ढंगले पूरा गरि कार्य संपादन गर्ने प्रहरी सहायक निरीक्षक साहको छवि प्रहरी संगठनमा राम्रो मानिदैँ आएको छ ।

कर्मचारीहरुलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरुमा सकारात्मक प्रभाव परी कार्य सम्पादनमा अझ बढी प्रभावकारिता एवम् हौसला अभिवृद्धि हुने प्रहरी सहायक निरीक्षक साहको तर्क रहेको छ । प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप ‘प्रहरी मेरो साथी’ को अवधारणालाई आत्मसात गर्ने कार्यलाई विषेश जोड दिने उनले बताएका छन् ।

प्रहरीले समाजमा पूरा गर्नुपर्ने दायित्व र परिवर्तनको मूल्य मान्यतालाई संस्थागत गर्न ‘प्रहरी मेरो साथी’ अभियानले योगदान पुग्ने र प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य पनि रहेको प्रहरी सहायक निरीक्षक साहले जनाए । आम नागरिकले सम्झौता गर्न नसक्ने शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले दिएको सेवा र जनताको आकाङ्क्षाबीच देखिँदै आएको खाडललाई पुरिने उनको भनाइ रहेको छ ।

प्रहरीको प्रतिष्ठा बढाउन तथा कार्यसम्पादनको जिम्मेवारी पूरा गर्न सजगता प्रदान गर्ने मात्र होइन, नागरिकमा शान्ति, सुरक्षा र समाजको विकास निर्माणमा कहिले पनि सम्झौता नगर्ने निरीक्षक साहले प्रष्ट पारे । नेपाल प्रहरीले यसअघि ‘मुस्कान सहितको सेवा’ भन्ने नाराका साथ जनतामा पुग्ने अभियान सुरु गरेको थियो ।

नेपाली समाज नै मुख्य कार्यथलो रहेको प्रहरीको समाजमा शान्ति सुव्यवस्था कायम गर्नु नै प्रमुख दायित्व रहेको उनले आफ्नो धारणा व्यक्त गरे ।

प्रकाशित : २०७८ असार २२, मंगलवार १६:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ