सिरहामा लाखौंको धनमाल चोरी गरेको आरोपमा साह पक्राउ


सिरहा : धनमाल चोरी गरेको अभियोगमा कल्याणपुर नगरपालिका ११ बस्ने २० वर्षीय किसन साहलाई प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका ८ अरङटोल बस्ने मोहबुद राईनको घरबाट नगद ६ लाख रुपैयाँ, २ थान सुनको झुम्का, १ थान सुनको मन्टिका, १ थान सुनको नथिया र करिब १ केजि ५ सय ग्राम चाँदीका गरगहना आइतबार राति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्ने क्रममा साहको साथबाट सुन तथा चाँदीका विभिन्न गहना सहित फेला पारी कल्याणपुर बजारबाट पक्राउ गरेको हो ।

पक्राउ परेका साहमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पछिल्लो समय सिरहामा निरन्तर चोरी र डकैतीका घटना भइरहेको छ । चोरहरुले आतंक मच्चाएपनि प्रहरी प्रशासन मौन बसेको सर्वसधारणको आरोप छ ।

प्रकाशित : २०७८ असार २२, मंगलवार १८:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ