महोत्तरी : टिपर विजुली तारमा छोएपछि करेन्ट लाग्दा ड्राइभर गम्भीर घाईते


जनकपुरधाम : महोत्तरीमा बिजुली तारमा टिपर छोएपछि करेन्ट लागेर ड्राइभर औरही नगरपालिका ४ का ३० वर्षीय छोटु महतो गम्भीर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार मनरा सिसवा नगरपालिका ४ मा जलेश्वरबाट बर्दिबास गइरहेको प्रदेश २–०२–००१ ख ००२० नम्बरको टिपर ११ हजार भोल्टको विद्युत तारमा छोएपछि करेन्ट लागेर ड्राइभर महतो घाईते भएका हुन् ।

करेन्ट लागेर घाइते ड्राइभर महतोलाई उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर ल्याएको छ । उनको अवस्था गम्भीर छ । टिपर प्रहरीको नियन्त्रणमा छ ।

प्रकाशित : २०७८ असार २२, मंगलवार १८:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ