गरिब दु:खी मजदुरलाई १८ महिनादेखि निशुल्क खाना


टुडेखोज, काठमाडौं : कोरोना भाइरसबाट जोगिन गरिएको लकडाउनका कारण कैयौं गरिब दु:खी मजदुरलाई राइजिंग हन्ड्रेड ग्रुपले १८ महिनादेखि खाना खुवाइरहेको छ ।

काठमाडौंको थापाथलीमा ग्रुपले दैनिक सयौं गरिब मजदुरलाई खाना खुवाउछन् । यस कार्यमा ग्रुपका अंशु यादव, शिव यादव र देबेन्द्र पराजुलीको विशेष योगदान रहेको छ । उनीहरु विभिन्न दातृ निकायको सहयोगमा निशुल्क खाना खुवाउने गरेको बुझिएको छ ।

लकडाउनका कारण मजदुरहरुको रोजगारी गुम्यो । घर चलाउन धौ-धौ भयो । हातमुख जोड्न सक्ने अबस्था रहेन । सरकार समेत ति गरिब, असहाय, मजदुरलाई एकछाक खाना खुवाउन सकेन । तर जसको साथमा कोही छैन, त्यसको साथमा राइजिंग हन्ड्रेड ग्रुप उभेको छ ।

प्रकाशित : २०७८ असार २३, बुधबार ०८:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ