महोत्तरी : सांसद तिवारी आफ्नै क्षेत्रमा लखेटिए, यस्तो छ कारण


जलेश्वर : महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को ख बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा)की सभासद रानी शर्मा तिवारी मंगलवार आफ्नै क्षेत्रका मतदाताहरुबाट लखेटिएकी छन् ।

उनलाई समान्य धक्कामुक्की समेत भएको बताइएकोछ । प्रदेश २ मा उनी सर्वाधिक बजेट हात पार्ने महिला सभासद हुन् । प्रदेश २ सरकारको सबै मन्त्रालयबाट निर्वाध रुपमा बजेट पाउने उनी एकमात्र सभासद हुन् । विकासको नाममा उनले प्राप्त गर्ने बजेटमा व्यापक अनियमितता, उपभोक्ताहरुसित कमिसन लिने गरेको आलोचना भइरहेको बेला मंगलवार आफ्नै क्षेत्रका युवाहरुले खेदेका छन् ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको निरिक्षण गर्न गएकी सभासदलाई आक्रोशित स्थानीय युवाहरुले घेराबन्दीगरि धक्कामुक्की समेत गरेको प्रत्यक्षदशीले जनाए ।उनी एउटै योजनामा कयौं पटक बजेट लिने गरेपनि योजना अधुरै रहने गरेको छ ।वन मन्त्रालयबाट बजेट हात पारेकी सभासद तिवारीले भू संरक्षण कार्यालयको मिलोमतोमा बृक्षारोपण नै नगरि बजेट झ्वाम्म पारेकी हुन् ।

निर्माणाधिन थरुवाही–चकवा सडक निर्माणको क्रममा विवाद भएपछि तिवारीले जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई समेत यहाँ पुगेकी थिईन । गाडीमा पुगेकी सभासदलाई पैदल नै सडकहरु निरीक्षणगर्न दवाव दिएपछि विवाद झन चर्किएको थियो । तिवारीले प्रतिवाद गर्न खोजेपछि युवाहरुले धक्कामुक्की गरेका थिए ।

उनीसँगै रहेका सत्येन्द्र यादवले स्थानीय युवाहरुले सांसद तिवारीसँग विवादको क्रममा धक्कामुक्की गरेपछि रोक्ने प्रयास गरेको जनाए । यादवको बचाउले सभासद तिवारी र जलेश्वर नगरप्रमुख मिश्रसित ठूलो दुर्घटना हुन नसकेको स्थानीयहरुले जनाए ।

प्रकाशित : २०७८ असार २३, बुधबार ०९:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ