सिरहामा ९ किलो ७ सय ग्राम चाँदीका गहनासहित दुईजना पक्राउ !


लहान : चाँदीको जस्तो देखिने धातुका गहनासहित सिरहा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका ३ का २८ बर्षीय मन प्रसाद गदाली र सिरहाको गोलबजार नगरपालिका ३ का २७ वर्षीय श्याम विक रहेका छन् ।

सिमावर्ती भगवानपुर गाउँपालिका १ स्थित सडकबाट सोमवार राति उनी दुबैजना पक्राउ परेका हुन् । प्रहरीका अनुसार गदाली र विकको साथबाट करिब ९ किलो ७ सय ग्राम चाँदी जस्तो देखिने धातुका गहाना बरामद भएको छ । उनी दुबैजना चढेको प्र.२–००४४ प १३२१ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

अस्थाई प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त धातुका गहनासहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित : २०७८ असार २३, बुधबार १०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ