आज पूर्वराजा शाहको ७५ औं जन्मदिन, जनता दुःखमा परेकाले उत्सवको रुपमा नमनाउने


काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७५ औं जन्मदिन मनाउँदै छन् । यो वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमनाउने उनको भनाई छ ।

राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र प्राकृति विपदका कारण जनताले दुःख पाइरहेको भन्दै उनले यस वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमाउने घोषणा असार १६ गते नै गरेका थिए । विज्ञप्तिमा भनिएको छ, ‘जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।’

ज्ञानेन्द्र शाह २००४ साल असार २३ गते जन्मिएका थिए । उनी राजा महेन्द्रका माहिला छोरा हुन् । विसं २०५८ जेठ १९ गते नारायणहिटी दरवार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा बनेका थिए ।

राजा भए लगत्तै विसं २०६१ माघ १७ गते प्रत्यक्ष शासन हातमा लिएपछि नेपालका प्रमुख राजनीतिक दलहरुले उनीविरुद्ध २०६२/०६३ जनआन्दोलन गरेका थिए । सोही जनआन्दोलनको बलमा पुनःस्थापित संसदले देशमा गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाह नारायणहिटी दरबार छाड्न बाध्य भएका थिए ।

प्रकाशित : २०७८ असार २३, बुधबार १०:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ