तीन दिनदेखि बेपत्ता यि अबोध बालकको लाश भेटियो


कैलाली : तीन दिनदेखि बेपत्ता एक अबोध बालकको लाश (शव) फेला परेको छ । टीकापुर नगरपालिका १ का दिलिप बिस्टका ३ वर्षीय छोरा बिबेक विस्टको शव फेला परेको हो ।

सोमबार ११ बजे घर नजिकैबाट उनी बेपत्ता भएका थिए । बुधबार साँझ टिकापुर नगरपालिका ४ बागमारा स्थित जमरा कुलाको किनारमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार ति बालकको शव पानीमा डुबेको अवस्थामा फेला परको छ । उनले कानमा लगाएको सुन भेटिए पनि चाँदीको बाला फेला परेका छैन । घटना विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : २०७८ असार २३, बुधबार २०:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ