घरको भित्ता भत्किदा तीन महिने छोरीको मृत्यू, आमा र अर्की छोरी पनि घाईते


दाङ : घरको भित्ता भत्किदा दाङमा बुधवार राति ३ महिनाकै एक छोरीको मृत्यू भएको छ भने आमा र अर्की छोरी पनि घाईते भएकी छन् ।

घोराही उपमहानगरपालिका १७ क्वाडीका आशाराम चौधरीको ३ महिनाकी छोरी बिन्दु चौधरीको मृत्यु भएको हो । उनकी श्रीमती ३० वर्षीया मनिशा चौधरी र अर्की छोरी ९ वर्षीया बाटुली चौधरी घाईते भएकी छन् ।

टिनले छाएको २ कोठे घरको भित्ता भत्किँदा घटना भएको प्रहरीले जनाएको छ । घाईते आमा–छोरीको उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको छ ।

प्रकाशित : २०७८ असार २४, बिहीबार ११:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ