तीन वर्षीय बालकको ह-त्या दिदीबाटै भएको खुलासा


कैलाली : टीकापुरमा मृत भेटिएका तीन वर्षीय बालक विवेक विष्टको ह-त्या आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै ह-त्या आरोपमा विष्टकै दिदी नाता पर्ने १५ वर्षीया किशोरी र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने किशोरीले ह-त्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । ‘प्रारम्भिक अनुसन्धानको क्रममा नाबालकको ह-त्या उनकै दिदीले गरेको देखिएको छ, दिदी नाता पर्ने किशोरीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी छन्,’ उनले भन, ‘विवेकले लगाएको बाला ति युवतीको साथीसँग फेला परेकाले उनलाई पनि पक्राउ गरिएको छ ।’

प्रहरीका अनुसार ति युवतीले पारिवारिक रिसिइबीका कारण ह-त्याको योजना बनाएकी थिइन् । सोमबार ११ बजेदेखि बेपत्ता भएका बालकको बुधबार जमरा कुलोको किनारमा शव फेला परेको थियो ।

प्रकाशित : २०७८ असार २४, बिहीबार १९:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ