Big News- सुजिता ठाकुरको शव खोज्न महोत्तरी प्रहरी जेसिबी भिडाएपछि…


जनकपुरधाम : महोत्तरी प्रहरीले ह-त्या भएको सुजिता ठाकुरको शव खोज्न पुन: उत्खनन गरेको छ । पहिले उत्खनन गरेकै स्थान लोहरपट्टी नगरपालिका ७ भ्रमरपुरास्थित खेतमा जेसिबी लिएर बिहीवार प्रहरीले उत्खनन गरे ।

उत्खनन गरिएको खेत घरदेखि करिब एक किलोमिटर दुरीमा पर्छ । केहिदिन अगाडी प्रहरीले त्यही खेतको एउटा कुनामा उत्खनन गर्दा केश, लुगा र शरिरका केहि अन्य भाग सडेको अबस्थामा फेला परेको थियो । ह-त्याको केहि प्रमाण भेटेलगत्तै प्रहरीले सुजिताका श्रीमान मुकेश र देबर रुपेशलाई पक्राउ गरे । अहिले दुबैजना प्रहरी हिरासतमै छन् ।

आज उत्खनन गर्न प्रहरीले देबर रुपेशलाई पनि ल्याएको थियो । तर शव कहां गाडेको कुरा बताउन नमानेको प्रहरी अधिकारी बताउछन् । उनले सही वयान नदिदा सुजिताको ह-त्या नै भएको ठोस प्रमाण फेला पार्न प्रहरीलाई समस्या भएको छ ।

सुजिताका माइत पक्षले ह-त्याका छ आरोपीमाथि प्रहरीमा किटानी जाहेरी दिएको छ । आरोपीमध्ये सुजिताका ससुरासहित ४ जना अझै फरार छन् । बिहीबार जेसिबीले पुन: उत्खनन गरेपनि शव अर्थात ह-त्याको ठोस प्रमाण फेला पर्न सकेन ।

प्रकाशित : २०७८ असार २४, बिहीबार २१:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ