जनकपुरमा प्रहरीले समात्यो चोरीका २ मोटरसाइकल, चोर फरार !


जनकपुरधाम : चोरी भएका दुई मोटरसाइकल धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले गस्तीको क्रममा एउटा अपाचे र अर्का पल्सर मोटरसाइकल बरामद गरेको हो ।

जनकपुरधाम ८ बलुवा टोलबाट चेचिस नम्वर एम डी६३ बि ई४२ एल२ एल ००८१३ र इन्जिन नम्वर डिई४ एलएल २६००७६९ भएको रातो रंगको अपाचे र जनकपुरधाम १६ कपिलेश्वर बसपार्कबाट चेचिस नम्वर एमडी २ए ११सि वाई के आर एच ०५१८९ र इन्जिन नम्वर डि एच वाई आर के एच ५४३३६ बी भएको पल्सर १५० सिसिको ज १२ प. २७८९ नम्वर लेखिएको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ ।

चोर भने पक्राउ पर्न सकेका छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेका छन् । फेला परेको मोटरसाइकल लिन आवश्यक कागजात लिएर सम्बन्धित धनीलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रकाशित : २०७८ असार २५, शुक्रबार ०८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ