सप्तरीमा दुई पक्षबीच झडप, एक जनाको मृत्यू


सप्तरी : सप्तरीको खडक नगरपालिका ९ लालपट्टीमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य एक जना घाइते भएका छन् ।

वैदेशिक रोजगारमा राम्रो काम नपाएको भन्दै परिवारजन र एजेन्ट पक्षबीच बिहीवार राति झडप भएको हो । सप्तरीको राजविराज नगरपालिका ९ जगदरीका एजेन्ट मो. सनाउल मामाघर लालपट्टी पुगेका थिए ।

त्यही क्रममा छोरालाई वैदेशिक रोजगारीमा पठाए पनि राम्रो काम नपाएको भन्दै स्थानीयवासी मो. इजराइल र एजेन्ट सनाउलसँग विवाद सुरु भएको वडाध्यक्ष मो. इझारुल मियाँले बताए । विवादकै क्रममा दुवै पक्षबीच झडप सुरु भएपछि नातिलाई बचाउन पुगेका सनाउलका नाना ७० वर्षीय मो. दाउन मियाँ चोट लागेर घाइते भएका छन् ।

उपचारका लागि राजविराजको छिन्नमस्ता अस्पताल ल्याइएकोमा उपचारकै क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले बताए ।

प्रकाशित : २०७८ असार २५, शुक्रबार १४:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ