महन्थ निकटस्थ समूहले दर्ता गरायो राजपा, अध्यक्ष धनुषाका यादव


काठमाडौ : जसपा अध्यक्ष महन्थ ठाकुर निकटस्थ समूहले राष्ट्रिय जनता पार्टी (राजपा) नाममा नयाँ दल दर्ता गराएको छ । तत्कालीन राजपा र संघीय समाजवादी पार्टी एकीकरण भई जसपा आयोगमा दर्ता भएको तीन सय ६६ औँ दिनमा राजपा नाममा अर्को दल दर्ता भएको हो ।

स्रोतका अनुसार उक्त पार्टीले आयोगमा १५ सय ४८ दर्ता नम्बर पाएको छ । नयाँ पार्टीमा धनुषाका हरिनारायण यादव अध्यक्ष छन् । केन्द्रीय कमिटी २१ सदस्यीय छ । यादव जसपा अध्यक्ष ठाकुरसँग निकट रहेको स्रोतको दाबी छ ।

कुनै पार्टी एकीकरण भएर निश्क्रिय बनेको एक वर्षसम्म सोही नाममा दल दर्ता गर्न नपाइने कानूनी प्रावधान छ । वर्षदिन कटेपछि राजपा नाममै दल दर्ता भएको हो ।

तत्कालीन राजपाको चुनाव चिह्न छाता जसपाले पाइसकेको छ । सोही कारण नयाँ दलले ‘पञ्जा’ चुनाव चिह्न दाबी गरेको छ । राजपा नाममा नयाँ दल दर्ता गराएको यादवले पुष्टि गरे । ‘१५ सय ४८ दर्ता नम्बर पाएका छौँ,’ उनले भने ।

प्रकाशित : २०७८ असार २५, शुक्रबार २०:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ