टुडेखोज, सिरहा : लहानस्थित नापी कार्यालयमै दा’रु (मदि’रा) पार्टी गरेको खुलेको छ । जहां डिजे बजाएर दा’रुको न’शामा कर्मचारीहरु डान्स समेत गरेका हुन् ।
कार्यालय प्रमुख संजय सिंहले नै पार्टीको आयोजना गरेको बताइएको छ । असार मसान्तको अन्तिम पार्टी भन्दै कर्मचारी सरोज मण्डलले सामाजिक संजालमा तस्वीर राखेका थिए । सोही तस्वीर भाइरल बन्यो । पछि उनले पार्टी खाइरहेको सो तस्वीर हटाएका छन् ।
कार्यालय परिसरमा गुट्खा, पान र चुरोट खान पनि प्रतिबन्ध लगाइएको छ । तर कार्यालय प्रमुख नै कर्मचारीसंग दा’रु पार्टी गरेपछि जताततै आलोचना भइरहेको छ ।