Breaking- भ्रमरपुराकी सुजिता ठाकुरको शव पनि भेटियो


टुडेखोज, जनखपुरधाम : महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव पनि भेटिएको छ ।

आज विहान प्रहरीले बेपत्ता भएको एक महिनापछि सुजिताको शव फेला पारेको हो । आफ्नै पेट्रोल पम्पको छेउमा रहेको ट्वाइलेटको हदबाट सुजिताको शव बरामद भएको प्रहरीले जनाएको छ ।

अहिले शव फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा केहिदिन अगाडी उत्खनन गर्दा सुजिताको शरिरका केहि अवशेष फेला फरेको थियो । त्यसपछि सुजिताको ह’त्या आरोपमा देबर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले नियन्त्रणमा लियो । उनी दुबैजना प्रहरी हिरासतमै रहेको र उनीहरु सहित ६ जनाको संलग्नता देखिएको बताइएको छ ।

घटनाको अनुसन्धान गर्दै जांदा प्रहरीले सुजिताको शव फेला पार्न सफल भएको छ । यो घटनाको सुक्ष्म अनुसन्धानका लागि अधिकारकर्मी गुन्जा राय र सामाजिक अभियन्ता सरोज राय निरन्तर दबाब दिएका थिए ।

प्रकाशित : २०७८ असार २७, आईतवार १०:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ