जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठक नेकपा एमाले र माओवादी केन्द्रले अवरद्ध पारेको छ । अगामी आर्थिक वर्षको बजेट मन्त्रीमुखि भएको भन्दै एमाले र माओवादीका साँसदहरुले बैठक अवरुद्ध पारेका हुन् ।
बैठक सुरु भएलगत्तै एमाले साँसद सुन्दर बहादुर विश्वकर्माले रातो कितावलाई ब्लाक बुकको संज्ञा दिए । उनले विगतका जिल्ला विकास समितिको जस्तो बजेट पनि प्रदेश सरकारको नभएको टिप्पणी गरे । बजेट देखेपछि लाज लाग्न थालेको उनको भनाई थियो ।
यस्तै नेकपा माओवादी केन्द्रका साँसद दिलिप साहले पनि रातो कितावलाई कालो कितावको संज्ञा दिँदै बजेट समानुपातिक हिसावले वितरण गर्न माग गरे । उनले मन्त्रीले आफ्नो क्षेत्रलाई मात्र केन्द्रित गरेर बजेट लगेकोमा अपात्ति जनाए । उनले शहिदको सपनालाई अपमान हुनेगरी ल्याएको बजेट नसच्याए सदन चल्न नदिने चेतावनी समेत दिए ।
बजेटमाथि आपत्ति जनाउदै माओवादी र एमालेका साँसदहरु उभेर विरोध गरेपछि सभामुख सरोज यादवले सदन १ घण्टाका लागि स्थगित गरेका छन् ।