विपक्षी गठबन्धनविरुद्ध काठमाडौंमा युवा संघको मार्चपास


काठमाडौं : विपक्षी गठबन्धनको गतिविधिविरुद्ध सत्तारुढ नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले काठमाडौंको सडकमा मार्चपास गरेको छ ।

बानेश्वरदेखि माइतीघरसम्म गरिएको मार्चपास (प्रदर्शन)मा सहभागीले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको तस्बिर अंकित ब्यानर, प्लेकार्डसँगै नेपालको संविधान पनि बोकेका थिए । उनीहरु प्रधानमन्त्री ओलीको पक्षमा र विपक्षी गठबन्धनको विपक्षमा नारा समेत लगाएका छन् ।

निर्वाचनको पक्षमा मार्चपास गरिएको युवा संघका उपमहासचिव तथा कार्यालय विभाग प्रमुख रामजी सापकोटाले बताएका छन् ।

प्रकाशित : २०७८ असार २७, आईतवार १७:५०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ