धनुषा : असई यादवले समाते चोरीका दुई मोटरसाइकलसहित दुई चोर


टुडेखोज, जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका ३ मथलेश्वरबाट ईलाका प्रहरी कार्यालय तारापट्टीका असई विलेक्षण यादव नेतृत्वको टोलीले चोरीका दुई मोटरसाइकलसहित दुई चोरलाई समातेको छ ।

प्रहरीले जनकपुरधाम उपमहानगर ८ पिडारी चोकका १६ वर्षीय रिहान खान र मिथिला बिहारी नगरपालिका ३ का १९ वर्षीय समिर खानलाई समातेको हो । उनीहरु चढेको चोरीको एउटा पल्सर र अर्को अपाचे मोटरसाइकल समेत बरामद भएको छ । दुईजना फरार भएको र उनीहरुको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

जनकपुरमा पछिल्लो समय मोटरसाइकल चोरीको घटना ह्वात्तै बढेको छ । बरामद दुई मोटरसाइकल पनि जनकपुरबाटै चोरी गरेको बयान पक्राउ परेका उनीहरुले प्रहरी समक्ष दिएका छन् ।

प्रकाशित : २०७८ असार २७, आईतवार १९:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ