लहान : थुनुवा भागेपछि तीन प्रहरीलाई निलम्बन गरियो


जनकपुरधाम : सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएपछि तीन जना प्रहरी कर्मचारी निलम्बित भएका छन् ।

सुरक्षामा खटिएका एक जना असई, एक जना हवल्दार र एक जना जवानलाई निलम्बन गरिएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । यी तीन जनालाई निलम्बन गरी थुनुवा फरार भएका घटनाको अनुसन्धान गरिरहेको उनले बताए ।

शनिबार बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षको थुनामा रहेका सिरहाको नवराजपुर गाउँपालिका–१ बस्ने पशुपति यादव झ्यालको ग्रिल तोडी फरार भएका छन् ।

प्रकाशित : २०७८ असार २७, आईतवार २०:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ