महोत्तरीमा ग्याँस लिक भएर आगलागी, ८ लाख बढीको क्षति


टुडेखोज, जनकपुरधाम : महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का नथुनी कबारीको घरमा आगलगी भएको छ ।

खाना पकाउने क्रममा ग्यांस लिक भएर कबारीको घरमा आइतबार आगलागी भएको हो । आगलागीबाट घरमा काठको फर्निचरका सामानहरु, अन्नपात, लत्ताकपडा लगायतका समानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलगीबाट कबारीको करिब ८ लाख मूल्य बराबरको क्षति भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रकाशित : २०७८ असार २८, सोमबार ०८:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ