अर्ध-नग्न अवस्थामा युवतीको शव भेटियो


झापा : बिर्तामोड नगरपालिका ५ मा अर्ध’नग्न अवस्थामा एक युवतीको शव फेला परेको छ । पूर्व–पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तरको गल्लीमा आज बिहान २५ वर्षीय युवतीको शव फेला परेको हो ।

बिर्तामोडस्थित सृजनशील सहकारी संस्थामा कार्यरत सृजना बस्नेतको शव फेला परेको प्रहरीले जनाएको छ । बलात्कार गरेर ह’त्या गरेको आशंका प्रहरीको छ । यद्दपी यसबारे पुष्टि भइसकेको छैन ।

घटना विषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।

प्रकाशित : २०७८ असार २८, सोमबार ०९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ