जनकपुरमा युवा संघका कार्यकर्ताद्वारा टायर बालेर प्रदर्शन, सर्वोच्चको फैसलाविरुद्ध नाराबाजी


टुडेखोज, जनकपुरधाम : सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि एमालेका राष्ट्रिय युवा संघका कार्यकर्ता जनकपुरमा टायर बालेर विरोध गरेका छन् ।

संघका केन्द्रिय अध्यक्ष किरण पौडेलले सर्वोच्चको फैसलाविरुद्ध सशक्त प्रदर्शन गर्न आह्वान गरेपछि जनकपुरमा प्रदर्शन सुरु भएको हो । जनकपुरस्थित पिडारी चोकमा संघका दर्जनौं कार्यकर्ता टायर बालेर सर्वोच्चको फैसला मान्दिनँ, प्रधानमन्त्री केपी ओली जिन्दावाद नारा लगाइरहेका छन् ।

यूवा संघका कार्यकर्ताहरुले आजै मोटरसाइकल जुलुस समेत निकालेका थिए । तर संसद पुर्नस्थापना भएपछि उनीहरु अब टायर बालेर सर्वोच्चको विरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रकाशित : २०७८ असार २८, सोमबार १४:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ