जनकपुर : संसद पुनःस्थापना भएको खुशियालीमा प्रदर्शन र मैनबत्ती प्रज्वलन, हेर्नुस् फोटोहरु


टुडेखोज, जनकपुरधाम : सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेको खुशियालीमा संयुक्त लोकतान्त्रिक गठबन्धनले जनकपुरमा प्रदर्शन र मैनबत्ती प्रज्वलन गरेको छ ।

रेल्वे स्टेशनबाट गठबन्धनमा सहभागी नेपाली काँग्रेस, राजपा, नेकपा एमाले माधव नेपाल समूह र माओवादीका नेता कार्यकर्ताहरुले प्रदर्शन सुरु गरेको थियो । जनक चोकमा पुगेर कोणसभामा परिणत भयो । त्यहाँ गठबन्धनका यूवा विद्यार्थीहरुले मैनबत्ती बालेर सर्वोच्चको फैसलाको स्वागत गरे ।

सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेर लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिर्पेक्षता लगायतका उपलब्धीको रक्षा गरेको गठबन्धनका नेताहरुले प्रतिक्रिया दिएका छन् । हेर्नुस् फोटोहरु :

प्रकाशित : २०७८ असार २८, सोमबार १९:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ