जनकपुरमा पनि यूवा संघका कार्यकर्ताले प्रधानन्यायाधीशको पुत्ला जलाए


टुडेखोज, जनकपुरधाम : नेकपा एमालेका राष्ट्रिय यूवा संघका कार्यकर्ताहरुले जनकपुरमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको पुत्ला जलाएका छन् ।

संसद पुनःस्थापनाको फैसलालाई असंवैधानिक भन्दै प्रधानन्यायधीश राणको पुत्ला जनकपुरको मिल्स एरियामा यूवा संघका कार्यकर्ताहरुले जलाएका हुन् । प्रहरीले अबरोध गर्न खोज्दा पनि उनीहरु पुत्ला जलाएरै छाडे । उनीहरुले प्रधानमन्त्री केपीशर्मा ओलीको पक्षमा र सर्वोच्च अदालतका प्रधानन्यायाधीश राणको विपक्षमा नाराबाजी समेत गरेका छन् ।

संसद पुनस्स्थापनाको फैसला आउनुअघि यूवा संघका कार्यकर्ताले जनकपुरमा मोटरसाइकल र्‍याली निकालेका थिए । लगत्तै फैसला आएपछि उनीहरुले जनकपुरको पिडारी चोकमा टायर बालेर प्रदर्शन गरे ।

प्रकाशित : २०७८ असार २८, सोमबार १९:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ