सर्वोच्चको फैसला ऐतिहासिक र स्वागतयोग्य : मंत्री यादव


जनकपुरधाम : प्रदेश २ का आर्थिक मामिला तथा योजना मंत्री बिजय यादवले सर्वोच्च अदालतले संसद पुन:स्थापना गरेर संघीयता, समावेशी, गणतन्त्र र संविधानको रक्षा गरेको प्रतिक्रिया दिएका छन् ।

संसद पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक एवं स्वागतयोग्य रहेको स्टाटस मंत्री यादवले सामाजिक संजालमा लेखेका हुन् । उनले भनेका छन्, ‘संविधानको मर्म कुल्चेर अघि बढेको सरकारको स्वेच्छाचारी कदमलाई अदालतको यो फैसलाले लगाम त लगाएको छ नै, प्रतिगमनकारी तत्वलाई समेत परास्त गरेर मुलुकलाई सुरक्षित एवं नयाँ दिशा प्रदान गरेको छ ।’

संसद पुन:स्थापना भएपछि देशभर संयुक्त लोकतान्त्रिक मोर्चाले खुशियालीमा जुलुश निकाल्नुका साथै मैनबत्ती प्रज्वलन गरेको छ ।

प्रकाशित : २०७८ असार २८, सोमबार २१:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ