सिरहा : पोखरीमै करेन्ट प्रवाह भएपछि भैंसीसहित एक जनाको मृत्यू


गणेश साह, गोलबजार :  सिरहाको धनगढीमाई नगरपालिका ६ विष्णुपुरकट्टीमा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ भने भैंसी पनि मरेको छ ।

मृत्यु हुनेमा स्थानीय बौका भन्ने तुलसी यादव रहेका छन् । भैंसीलाई पोखरीमा पानी खुवाउन गएको अवस्थामा बिजुलीको खुल्ला तारमा उनलाई करेन्ट लागेको थियो ।  छटपटिएर उनको घटनास्थलमै मृत्यू भएको छ ।

घटनास्थलमा पुगेका प्रहरीले कानुनी प्रक्रिया पुरागरी शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । घटना विषयमा प्रहरीले अनुसन्धान सुरु गरेसकेको छ ।

प्रकाशित : २०७८ असार २९, मंगलवार ०८:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ