सुजिताको दाहसंस्कार : छोरीले सोधिन्- अंकल, मम्मीलाई आगोमा किन जला’एको ?


टुडेखोज, जनकपुरधाम : ह-त्या भएको एक महिनापछि शव फेला परेको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको सोमबार राति अन्तिम संस्कार गरिएको छ ।

शव गाडिएको जग्गमै दाहसंस्कार गरिएको छ । दागवत्ती श्रीमान मुकेश ठाकुरले दिएका हुन् । उनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । तर काजक्रियाका लागि प्रहरीले छाडेको बुझिएको छ ।

जेठ २० गतेदेखि बेपत्ता सुजिताको शव दुईदिन अगाडी मात्र शौचालयको ट्यांकीभित्र फेला परेको थियो । उनको ह’त्यामा आफ्नै देबर, ससुरा, देवरानीसहितका संलग्नता रहेको भन्दै माइत पक्षले किटानी जाहेरी प्रहरीमा दर्ता गराइसकेको छ । जसमध्ये देबर रुपेशसहित केहि व्यक्ति मात्र पक्राउ परेका छन् ।

सामाजिक अभियन्ता सरोज राय लेखेका छन्-
सुजिता ठाकुरको अन्तिम संस्कार राती भएको छ । अन्तिम संस्कार शव गाडिएको ठांउ ससुराको जग्गामा भयो । दागवत्ती श्रीमान मुकेश ठाकुरले दिए । सुजिताको आत्मा संसार छोडेर गए तर हत्या’रालाई सजाय दिन पर्याप्त प्रमाण छोडेर गए । छोरी आंचलले सोध्दै थिए, ‘अंकल, मम्मीलाई आगोमा किन जला’एको ? यसको उत्तर प्रहरी प्रशासन र अदालतले दिनेछ । ईश्वरले सुजिताको आत्मालाई शान्ति प्रदान गरुन र शोकाकुल परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरुन । पिडीतलाई न्याय र दोषीलाई हदैसम्मको सजाय दिलाउन मेरो साथ परिवारलाई हमेशा रहन्छ ।

प्रकाशित : २०७८ असार २९, मंगलवार ०९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ