प्रदेश २ सरकार भ्रष्टाचार ढाकछोप गर्न लेखा समितिलाई पूर्णता दिइएन : साँसद यादव


टुडेखोज, जनकपुरधाम : प्रदेश २ सरकारका मन्त्रीहरुले गरिरहेको भ्रष्टाचार ढोकछोप गर्न लेखा समितिलाई पूर्णता नदिएको नेपाली काँग्रेसका साँसद नरेश यादवले आरोप लगाएका छन् ।

उनले प्रदेशसभा बैठकमा बोल्दै उनले चार वर्ष वित्न लाग्दा पनि लेखा समितिले पूर्णता किन नपाएको प्रश्न उठाए । लेखा समितिका सदस्य समेत रहेका उनले भने, ‘मैले बुझे अनुसार भ्रष्टाचारमा अंकुश लगाउने गर्छ लेखा समितिले । तर भ्रष्टाचर लुकाउन चारमा पनि समितिलाई पूर्णता दिइएन ।’

उनले एक साताभित्र समितिलाई पूर्णता नपाएमा सदस्यबाट राजीनामा दिने चेतावनी समेत दिए । भत्ता पाउनका लागि मात्र सदस्य भएर नबस्ने उनको भनाई छ ।

प्रकाशित : २०७८ असार २९, मंगलवार १५:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ