माओवादीले जनार्दन र पम्फालाई मन्त्री बनाउँदै


काठमाडौं : नेकपा माओवादी केन्द्रले पहिलो चरणमा जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाउने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलपछि माओवादी अध्यक्ष प्रचण्डले पहिलो चरणमा शर्मा र भुसाललाई आजै सपथग्रहण गर्ने गरी मन्त्रीमा सिफारिस गरेका हुन् ।

मन्त्रालयको बारेमा छलफल भइरहेको र शर्मा गृह वा अर्थमध्ये एक मन्त्री बन्ने माओवादी स्रोतले जनाएको छ । अन्य मन्त्रीहरूको टुंगो दोस्रो चरणको विस्तारअघि लगाइनेछ ।

प्रकाशित : २०७८ असार २९, मंगलवार १७:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ