देउवाले लिए प्रधानमन्त्रीको सपथ


काठमाडौं : नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन् ।

मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री देउवाले शपथ लिएका हुन् । देउवा पाँचौं पटक नेपालको प्रधानमन्त्री बन्न सफल भएका छन् । यसअघि गिरिजाप्रसाद कोइराला पनि पाँचपटक सम्म प्रधानमन्त्री बनेका थिए ।

यसअघि सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै देउबालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

देउवाले एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने छ ।

प्रकाशित : २०७८ असार २९, मंगलवार २०:३१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ