खाँड बने गृहमन्त्री, कार्की कानुनमन्त्री, शर्मा अर्थमन्त्री र भुसाल उर्जामन्त्री


काठमाडौं : नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खााँड गृहमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भएका छन् । उनीहरु दुवैलाई राष्ट्रपतिले मंगलबार बेलुका पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।

नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन् । शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । उनी पाँचौँपटक नेपालको प्रधानमन्त्री बनेका छन् । यसअघि गिरिजाप्रसाद कोइराला पनि पाँचपटक सम्म प्रधानमन्त्री बनेका थिए ।

त्यस्तै, माओवादीबाट जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनेका छन् । पम्फा भुसाल ऊर्जामन्त्री र शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । यसअघि सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै देउबालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । देउवालाई संसद पुनर्स्थापना र आफुलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ती निकाल्दै संबिधानलाई उल्लेख नगरी सर्वोच्च अदालतको आदेशका आधारमा आफूलाई प्रधानमन्त्री नियुक्त गरिएको भनी निकालेको विज्ञप्तिलाई लिएर देउवाले आपत्ति जनाएका थिए । उनले संविधानको धारा उल्लेख गरेर नयाँ विज्ञप्ति निकाल्नुपर्ने अडान लिएपछि सपथ ग्रहण निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको थियो । – देशसञ्चार

प्रकाशित : २०७८ असार २९, मंगलवार २०:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ