जनकपुरका पत्रकार झालाई एक लाख रुपैयाँको अनुसन्धान पुरस्कार प्रदान


टुडेखोज, जनकपुरधाम : पत्रकार सुजीतकुमार झालाई एक लाख रुपैयाँको मैथिली भाषाको अनुसन्धान पुरस्कार प्रदान गरिएको छ । झा राजधानी दैनिक र एभिन्यूज टिभीका धनुषा संवाददाता हुन् ।संघिय संस्कृति मन्त्रालयद्वारा प्रत्येक वर्ष दिइने

मैथिली भाषाका महाकवि विद्यापतिको नाउँमा स्थापित सो पुरस्कार हरेक वर्ष संघिय संस्कृति मन्त्रालयले दिने गर्छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधाममा मंगलवार आयोजित एक समारोहबीच पत्रकार झालाई पुरस्कार प्रदान गरे ।

रामजानकी विवाह उत्सवलाई लिएर पत्रकार झा अनुसन्धान गरेका छन् । मैथिली भाषामा उनको आठवटा कृति प्रकाशित छन् ।

प्रकाशित : २०७८ असार २९, मंगलवार २१:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ