महोत्तरीमा सेनाले आफ्नै कन्चटमा गो’ली हानेर ज्यान गुमाए


जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिकाको प्रकौलीमा रहेको श्री रणभीम गणमा कार्यरत सेना जवान २३ वर्षीय अमिर तामाङले आफ्नै कन्चटमा गो’ली हानेर ज्यान गुमाएका छन् ।

मृतक तामाङ रामेछापको लिखु गाँउपालिका ५ का छन् । उनी आज विहान ट्यूटीमै रहेका बेला आफैंले बोकेको ५ दशमलव ५ मिनि ईन्सास हतियारबाट आफैलाई गो’ली हानेको देखिएको महोत्तरी प्रहरीले जनाएको छ ।

महोत्तरी प्रहरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले घटना विषयमा थप अनुसन्धान भइरहेको बताए । रामेछापबाट आफ्न्त आएपछि शव पोष्टमार्टमका लागि पठाउने र किन आफैं गो’ली हानेको विषयमा पनि केहि कुरा खुल्न सक्ने उनको भनाई छ ।

प्रकाशित : २०७८ असार ३०, बुधबार ०९:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ