बालुवाटारबाट यसरी बालकोट पुगे ओली, भव्य स्वागत


काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्दै भक्तपुर बालकोटस्थित निवास पुगेका छन् ।

वर्षाका बाबजूत ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट स्कर्टिङ गदै बालकोटसम्म पुगेका थिए । ओलीनिवास बालकोटमा स्थानीयहरुको बाक्लो उपस्थितिका साथ ओली गृह प्रवेश गरेका थिए । त्यसअघि एमाले नेता एवं राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए ।

गत असार २८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले हिजो पद तथा गोपनियताको शपथ ग्रहण गर्दै हिजो साँझै कार्यभार सम्हालेका छन् ।

प्रकाशित : २०७८ असार ३०, बुधबार १३:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ