सिरहा : ईनारमा फालेको बच्चाको शव भेटियो


टुडेखोज, लहान : सिरहाको धनगढीमाई नगरपालिका ७ कसहामा रहेको ईनारमा एक नवजात शिशुको शव (लाश) भेटिएको छ ।

कसहा चोकदेखि करिब १५० मिटर दक्षिणमा रहेको भोगेन्द्र महतोको ईनारमा शिशुको शव फेला परेको हो । बच्चा जन्मेलगत्तै ईनारमा फालेको हुनसक्ने प्रहरीको अनुमान छ ।

ईनारमा गन्हाएपछि स्थानीयले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि शिशुलाई ईनारबाट निकालिएको छ  । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ असार ३०, बुधबार १५:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ