ओलीले भने- माधव नेपाल अपराध गरे, पार्टीमा कुनै स्थान छैन


काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीको सरकार ढाल्न अगुवाई गर्ने माधव नेपालमाथि आक्रोश पोखेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले सम्बोधनका क्रममा माधव नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताए । उनले भने, ‘अरु साथीहरुलाई कमजोरी स्वीकार गरेर आए पार्टीमा स्वागत गर्छौ । तर नेपाललाई आत्मालोचना, कमिकमजोरी स्वीकार गरे पनि कुनै स्थान छैन ।’

माधन नेपाल आफ्नै पार्टीको सरकार ढाल्न अगुवाई गर्ने व्यक्ति भएको उनले बताए । अदालतमा निवेदन हालेर सँधै परामादेशबाट किस्तिमा सरकार नपाइने चेतावनी उनले दिए ।

प्रकाशित : २०७८ असार ३०, बुधबार १५:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ