युवा संघले माधव नेपालको पुत्ला जलायो


टुडेखोज, काठमाडौं : आफ्नै पार्टीको सरकार ढाल्न विपक्षी गठबन्धनको बुई चढेको भन्दै राष्ट्रिय युवा संघले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको पुत्ला जलाएको छ ।

कोटेश्वर-बालकुमारीबीचको आकाशे पुलनजिकै युवा संघका कार्यकर्ताले आज नेता नेपालको पुत्ला जलाएका हुन् । युवा संघका कार्यकर्ताहरुले नेता नेपालविरुद्ध नारबाजी समेत गरेका छन् ।

सर्वोच्चको आदेशपछि माधव नेपालसँग एमाले संस्थापन पक्ष रुष्ट बनेको छ । बालकोट पुगेका अध्यक्ष केपीशर्मा ओलीले पनि नेपालमाथि आक्रोस पोखेका थिए ।

प्रकाशित : २०७८ असार ३०, बुधबार १६:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ