चट्याङ लागेर मुसहरी टोलका दुई महिलाको मृत्यू


उदयपुर : चट्याङ लागेर घाईते त्रियुगा नगरपालिका ३ मुसहर टोलकी दुई जना महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ४० वर्षीया फुलकुमारी सदा र ३९ वर्षीया ललिता सदा रहेकी छन् । मंगलबार अपरान्ह सवा ५ बजे घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा दुबै जनालाई बर्षासँगै आएको चट्याङ लाग्दा बेहोस भएका थिए ।

दुबै जनालाई तत्कालै जिल्ला अस्पताल गाईघाट लगेको र उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको बताइएको छ ।

प्रकाशित : २०७८ असार ३०, बुधबार १६:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ