धनुषामा ट्याक्टर पल्टिदा चालक साहको मृत्यू


टुडेखोज, जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँमा खेत जोत्न गएका ट्याक्टर पल्टिदा चालकको मृत्यू भएको छ ।

आज विहान करिब ११ बजे नम्बर नखुलेको ट्याक्टर पल्टिदा सोही ठाउँका चालक मनोज साहको मृत्यू भएको हो । ट्याक्टर विश्वास नै नलाग्ने किसिमले पल्टेको प्रहरीले जनाएको छ ।

ट्याक्टर पल्टिदा गम्भिर घाईते भएका साहको उपचारका लागि जनकपुरधाम ल्याउने क्रममै मृत्यू भएको छ । ट्याक्टर पनि साहकै रहेको बताइएको छ ।

प्रकाशित : २०७८ असार ३०, बुधबार १७:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ