प्रदेश २ सरकारको करोडौं रकम हिनामिना, कागजमा मात्रै तालिम !


बारा : बारामा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले प्रदेश २ सरकारको करोडौं रकमको हिनामिना गरेको खुलेको छ । बाराका दर्जन बढी स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीले विभिन्न एजेन्सी, विभिन्न संस्थाहरुसंँगको साँठगाठमा व्यावसायिक तथा सीप विकास तालिम शिर्षक अन्तर्गत प्रदेश सरकारको करोडौं रकम अनियमिता गरेका हुन ।

भुक्तानी सहज बनाउन तालिमको किर्ते र फर्जि कागजात बनाउने, पुरानो मिति राख्ने लगायतका फर्जी काम गर्दै तालिमको नाममा विभिन्न संघसंस्थालाई रकम दिएको पाइएको हो । विभिन्न स्थानीय तहमा अभिव्यक्ति, कला तथा क्षमता अभिवृद्वि, लागू औषधविरुद्धको अभिमुखीकरण, आपसी मेलमिलाप र दिगो विकास, बाल भित्ते पत्रिका लेखन, यौन तथा प्रजनन स्वास्थ्य सचेतना जस्ता तालिमका लागि भन्दै रकम दिइएको हो ।

बजेट सक्नकै लागि एकै दिनमा यस्ता दर्जनौं कार्यक्रमहरु गरेको पाइएको छ भने एक घण्टामै कार्यक्रम सकेर फोटो र सहभागीको हस्ताक्षर बुझाएको भरमा रकम दिने गरिएको छ । जितपुर सिमरा उपमहानगरले मात्रै डेढ करोड, कलैया उपमहानगरले १ करोड ६ लाख, कोहल्बी नगरपालिकाले ८० लाख बढी रकम यस्ता कार्यक्रममा वितरण गरेको खुलासा भएको छ ।

यस्तै बारागढी, फेटा, सुर्वणपुर, सिम्रौनगढ, परबानीपुरलगायतका जिल्लाका स्थानीय तहले कागजमा मात्रै तालिम सम्पन्न गरेको स्थानीयको आरोप छ । नक्कली सहभागीहरु जुटाउने, जबर्जस्ती हाजिर गर्न लगाउने र झुठो बोल्न लगाउने गरेको पनि खुलासा भएको छ ।

प्रकाशित : २०७८ असार ३०, बुधबार १९:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ